Namaste Icon

क्रिकेट संघ रूपन्देही अध्यक्षमा शक्ति गौचनकाे उम्मेदवारी !

क्रिकेट संघ रूपन्देही अध्यक्षमा शक्ति गौचनकाे उम्मेदवारी !

काठमाडाैं । नेपाली राष्ट्रिय टिमका पूर्व स्पिनर शक्ति गौचनले रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हाल रूपेन्देहीमा स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका गौचनले माघ ५ गते हुने जिल्ला क्रिकेट संघको अधिवेसनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । गौचनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै सम्बन्धित व्यक्तिबाट सहयोगको आसा गरेका छन् ।

‘क्रिकेट खेल र खेलाडीको निमित्त, क्रिकेटको विकासका निमित्त, नयाँ सोच लिएर लिएर रूपन्देही जिल्लालाई देशकै उत्कृष्ट जिल्ला बनाउने उद्देश्यका यसपटक जिल्ला क्रिकेट संघको चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्न गइरहेको छु। सम्बन्धित व्यक्ति र पदाधिकारीबाट सहयोग र शुभेच्छाको आसा गरेको छु,’ उनले भने।

नेपाल क्रिकेट संघ (क्यान) ले चार वर्षे कार्यकाल सकिएका जिल्लाहरूमा निर्वाचन गर्ने निर्णय गरेसँगै जिल्लाहरूमा अधिवेसन हुन लागेको हो । जिल्ला अधिवेसन सकिएपछि क्यानले आफ्नो वार्षिक साधारणसभा गर्नेछ। साधारणसभामार्फत उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ ।

तत्कालिन उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि यी पद खाली छन् । जिल्ला अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्ने शक्ति चर्चित पूर्व राष्ट्रिय खेलाडी हुन् । उनीसँगै हरि थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।

शक्तिले सन् २०१८ मा राष्ट्रिय टिमबाट संन्यास लिएका थिए । क्यानको विधानअनुसार राष्ट्रिय टिममा परेका खेलाडीले संन्यास लिएको दुई वर्षपछि क्यानको जिल्लादेखि केन्द्रसम्म उम्मेदवारी दिन पाउछ । 

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस