Namaste Icon

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट भेटिएकाे भन्दै स्वास्थ्य मन्त्रालयले निकाल्याे यस्ताे विज्ञप्ति

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट भेटिएकाे भन्दै स्वास्थ्य मन्त्रालयले निकाल्याे यस्ताे विज्ञप्ति

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् । ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको उनले बताइन् ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति

Ad

सम्बन्धित समाचारहरु

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडाैं । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एक करोड खोप मौज्दात

एक करोड खोप मौज्दात

काठमाडाै‌ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस