Namaste Icon

यी हुन् बेस्ट फिफा अवार्डकाे लागि अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षक

यी हुन् बेस्ट फिफा अवार्डकाे लागि अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षक

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची सार्वजनिक गरेको हो । बेस्ट अवार्ड पुरुषतर्फ अन्तिम तीनमा २०२० का विजेता रोबर्ट लेवान्डोस्कीसहित लिओनल मेस्मी र मोहम्मद सालाह छन् ।

यस्तै बेस्ट अवार्डको लागि महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि जियानलुजी डोनारुम्मा, म्यानुएल नुएर, र इडुवार्ड मेन्डी छन् । त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिक र मेहदी तारेमी शीर्ष तीनमा छन् । फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्नेगर्छ ।

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस