Namaste Icon

एन्फा निर्वाचन आगामी जेठ १५ मा हुने

एन्फा निर्वाचन आगामी जेठ १५ मा हुने

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको छ । एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय भएको छ । त्यसका लागि आगामी माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघलगायत सदस्य संघहरूको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाइ जारी गर्ने र माघ २९ गते एन्फा विशेष साधारण सभा (एक्ट्राअर्डिनरी कंग्रेस) बोलाउने तय गरेको हो । साथै आगामी फागुन १५ देखि ३० गतेभित्र जिल्ला संघलगायत सदस्य संघहरूको निर्वाचन गर्ने रचैत्र १ देखि १० गतेभित्र प्रदेश संघको निर्वाचन गर्ने निर्णय भएको छ ।

यसैगरी विभिन्न प्रतियोगितामा विजेता वा उपविजेता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने जसको सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष रहने गरि पन्ध (१५) दिनभित्र पुरस्कारको मापदण्ड तयार गरी समितिको सिफारिस अनुसार पुरस्कार प्रदान गर्ने निर्णय पारित गरिएको छ ।

यही माघ १५ र १८ गते मरिसससँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेल्ने निर्णय पारित गभएको छ ।शहीद स्मारक ए, बी र सी डिभिजन लिगका क्लबहरूलाई तयारी स्वरुप दिइँदै आएको रकममा दुई लाख पचास हजार थप्ने निर्णय पारित भएको छ । महिला राष्ट्रिय लिग यही माघ १५ गतेदेखि संशोधित बजेटसहित अनुकुल स्थानमा आयोजना गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस