Namaste Icon

थप ९४४ जनामा कोरोना पुष्टि, देशभर ६ हजार १४० जना सक्रिय संक्रमित

थप ९४४ जनामा कोरोना पुष्टि, देशभर ६ हजार १४० जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर गरिएको १३ हजार २६४ जनाको परीक्षणमा थप ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ९७ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १४ हजार ६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ प्रतिशत रहेको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २ रहेको छ । हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडाैं । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एक करोड खोप मौज्दात

एक करोड खोप मौज्दात

काठमाडाै‌ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस