Namaste Icon

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

साउदी अरबकी राजकुमारी तीन वर्षपछि जेलमुक्त

रियाद । साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानवअधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातीको रूपमा चिनिन्छिन् । उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्योपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ । तर, यसबारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनलाई त्यति बेला उपचारका लागि स्वीट्जरल्यान्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिनअगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन । रासस/एएफपी

Ad

सम्बन्धित समाचारहरु

सहारा मरुभूमिमा हिमपात

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस