Namaste Icon

इसेवामा थपियो नयाँ फिचर

इसेवामा थपियो नयाँ फिचर

काठमाडौं । इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । उक्त फिचरबाट अब ग्राहकले कुनै पनि अनलाइन कारोबार सुरक्षित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ । इसेवाका अनुसार यो फिचरबाट उपभोक्ताले अनलाइन सामान किन्दा रकम सुरुमै तिरिसके पनि भुक्तानी भने सामान उपलब्ध भइसकेपछि मात्र गर्न सक्नेछन् । यसबाट ग्राहकहरू ठगिने प्रवृत्ति कम हुने विश्वास कम्पनीको हो ।

यो नयाँ सेक्युर्ड ट्रान्सफर सेवाबारे इसेवाका प्रमुख प्रबन्धक आशिष गौतम भन्छन्, ‘अचेल तपाईलाई सामान दिन्छु भन्दै इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने प्रवृत्ति बढेको छ । त्यस्तो कामलाई कम गर्न सेक्युर्ड ट्रान्सफर फिचर ल्याएका हौं। अब सामान डेलिभर भएपछि मात्रै रकम रिलिज हुनेछ ।' उनका अनुसार सेक्युर्ड ट्रान्सफरमार्फत इसेवाका प्रयोगकर्ताहरूले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन्। यो फिचर एक हजार रुपैयाँभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिन्छ ।


यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि यो सन्देश पैसा पठाउने व्यक्तिसम्म पुग्छ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्छ । साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित उजुरी गर्न सकिन्छ ।

यो सुविधा प्रयोग गर्दा एक हजारदेखि पाँच हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्छ भने ५ हजारदेखि बढी पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने कम्पनीले बताएको छ ।

इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा भने करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् ।

Ad

सम्बन्धित समाचारहरु

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

4G LTE  नमस्ते वाईफाईमार्फत द्रुत गतिको डाटा तथा भ्वाइस सेवा

काठमाडौं । एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । हिजो (२०७८ माघ ५ गते) सम्पन्न सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरे ।

Ad

प्रतिक्रिया दिनुहोस