Namaste Icon

सुकुम्वासी बस्तीमा धना फाउण्डेशनको निःशुल्क दन्त शिविर

सुकुम्वासी बस्तीमा धना फाउण्डेशनको निःशुल्क दन्त शिविर

काठमाडौं । विगत लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील समाजसेवी धना आचार्यको नामबाट स्थापना भएको धना फाउण्डेशनको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा सञ्चालन गरिएको सो निःशुल्क शिविरबाट ८० जनाले सेवा लिएका छन् ।

गरिब तथा न्युन आय भएका परिवारहरुलाई सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको सो शिविरमा निःशुल्क उपचार, निःशुल्क औषधी तथा निःशुल्क एक्सरे सेवा उपलब्ध गराइएको फाउण्डेसनकी अध्यक्ष धना आचार्यले जानकारी दिइन । नयाँ दाँत राख्ने कार्यमा भने कुल खर्चको ६० प्रतिशत फाउण्डेसनले वेहोर्ने उनले बताइन । सो निशुल्क शिविरमा युनिभर्सल डेण्टल हस्पिटल नागार्जुन स्युचाटार काठमाडौंको सहयोग रहेको थियो । सो अवसरमा जनचेतासँगै उपचार पनि पाएको भन्दै स्थानीय खुसि व्यक्त गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।

Ad

प्रतिक्रिया दिनुहोस