Namaste Icon

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए । शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडाैं । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एक करोड खोप मौज्दात

एक करोड खोप मौज्दात

काठमाडाै‌ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस