Namaste Icon

एमाले कैलालीको अध्यक्षमा रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै रतन थापा विजयी

एमाले कैलालीको अध्यक्षमा रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै  रतन थापा विजयी

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए ।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए। सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् । चौधरीले २९० मत ल्याउँदा शाहीले १९६ मत ल्याए । ६०९ प्रतिनिधि मध्ये हिजो भएको मतदानमा ५८९ मत खसेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस