Namaste Icon

एमाले कास्कीमा खगराज निकट उम्मेदवार पराजित, पृथ्वीसुब्बा निकट मनबहादुर गुरूङ विजयी

एमाले कास्कीमा खगराज निकट उम्मेदवार पराजित, पृथ्वीसुब्बा निकट मनबहादुर गुरूङ विजयी

कास्की । नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल `बैरागी´ ले ४०७ मत पाएका थिए । अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए । जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए । उनी गण्डकी प्रदेश सांसदसमेत हुन् ।

अध्यक्षमा पराजित बैरागी यसअघि जिल्ला कमिटी सचिव थिए । सर्वसम्मत नेतृत्व चुन्न ४ दिनसम्म प्रयास गर्दा बिफल भएपछि निर्वाचन भएको थियो। निर्वाचनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह प्यानलसहित चुनाव लडेका थिए ।

अध्यक्षमा निर्वाचित गुरूङ पृथ्वीसुब्बा समूहका हुन् भने पराजित बैरागी खगराज समूहका उम्मेदवार हुन् । बुधबार बिहान सार्वजनिक नतिजा अनुसार उपाध्यक्षमा गुरूङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भए । उपसचिवद्वय पनि खगराज प्यानलका हुन् । एमाले कास्की अधिवेशनमा ९१९ प्रतिनिधि छानिएका थिए। जसमा ८९५ जनाले मतदान गरेका थिए।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस