Namaste Icon

यसवर्ष शालिनदी मेला नलाग्ने, धार्मिक विधी पुर्याएर माधवनारायण व्रतकाे नित्य पूजा मात्रै गरिने

यसवर्ष शालिनदी मेला नलाग्ने,  धार्मिक विधी पुर्याएर माधवनारायण व्रतकाे नित्य पूजा मात्रै गरिने

काठमाडौं । परापूर्वदेखि सञ्चालन हुँदै आईरहेको श्री माधवनारायण व्रत नित्य पूजा मात्रै गरिने भएको छ । विगत लामो समय देखि आएको साखु शालिनदीको माधवनारायण मेला कोरोनाको कारण प्रभावित भएको छ । यस वर्ष कोभिड–१९ को ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापुर्वदेखि संचालन हुँदै आइरहेको माधवनारायण व्रत नित्य पुजा आजा एवं धार्मिक विधि पुर्याएर सीमित व्रतालु मात्र राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए । उनले भने, ‘यस वर्ष कोभिड १९को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिनेछ । भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी बार बन्देज गरिनेछ ।’

साँथै उनले सम्पूर्ण व्रतालुहरुसँग पूर्ण खोप लगाइएको कार्डको कपी लिईने र निमोनिया भए नभएको एकिन गर्न एक्सरे लिने समेत व्यवस्था गरिएको बताए । आवश्यक भए एण्टीजेन परीक्षणको व्यवस्था समेत समिति आफैले गर्नेसमेत उनले जानकारी दिए । शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको बताउदै अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले भने, ‘सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।’

 

Ad

सम्बन्धित समाचारहरु

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई शुभकामना

काठमाडौं । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस