Namaste Icon

भीम रावलकाे गृहजिल्लामा ओलीनिकट चन्द्र बोहोरा विजयी

भीम रावलकाे गृहजिल्लामा ओलीनिकट चन्द्र बोहोरा विजयी

अछाम । नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द्र बोहोरा विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम नतिजा बुधबार साँझ सार्वजनिक भएको छ । जसअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीनिकट चन्द्र बोहोरा ४३१ मतसहित विजयी भएका छन् । उनले नेता भीम रावलको साथ पाएका प्रकाश शाहलाई पराजित गरेका हुन् । शाहले ३०७ मत मात्रै ल्याउन सफल भएका छन्।

उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय १३ मत ल्याएर विजयी भएका छन् । बोहरा पक्षका उपाध्यक्ष पदमा भीमबहादुर विष्टले ३ सय ६ मत ल्याएर पराजित भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।

माओवादी पृष्ठभूमिबाट एमालेमा रहेका सचिव पदका अर्का उम्मेद्वार आदर्श साउँदले दुईसय ५ मत ल्याएर पराजित भएका छन् । अध्यक्षमा विजयी बोहरा र सचिवका विजयी रावल मंगलसेन नगरपालिका–८ र ९ वडावासी (साविकको वलीगाउँ गाविसका) हुन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेद्वारी परेकोमा डम्बर वीसी र प्रेम महर विजयी भएका छन् । बोहरा पक्षका वीसीले दुईसय ६० मत शाह पक्षका महरले दुईसय ५२ मत पाएर विजयी भए । उपसचिवमा टोपबहादुर शाही दुईसय ४४, प्रेम खत्री दुई २१, लिलाराज केसी एकसय ३९, शेरबहादुर बुढा ७२ र नवराज साउँदले ६२ मत प्राप्त गरेर पराजित भएका छन् ।

निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं. २ का रहेका छन् । तीन दिनसम्म सर्वसम्मतिको प्रयास गर्दा सहमति नभएपछि निर्वाचन प्रक्रिया अबलम्बन गरिएको हो । वडाबाट प्रतिनिधि र आयोजक गरेर एमाले अछाममा सातसय ६२ मतदाता रहेकोमा सातसय ५० जनाले मतदान गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस