Namaste Icon

एमाले कञ्चनपुरमा सुरेन्द्र विष्ट विजयी, लेखराज निकट थापा पराजित

एमाले कञ्चनपुरमा सुरेन्द्र विष्ट विजयी, लेखराज निकट थापा पराजित
सुरेन्द्र विष्ट र वीरबहादुर थापा

काठमाडौं । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । आज सम्पन्न मतगणना अनुसार विष्टले २८१ मत ल्याए । उनका प्रतिद्वन्दी वीरबहादुर थापाले १८३ मत ल्याए । एमाले अध्यक्ष केपी शर्मा ओली निकट विष्टलाई सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा र कञ्चनपुर इन्चार्ज निरुदेवी पालको समर्थन रहेको थियाे, भने । वीरबहादुर थापालाई एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले समर्थन गरेका थिए ।

यस्तै उपाध्यक्षमा लक्ष्मी बुढाको जित भयो । उनको २५४ मत आएको छ । प्रतिद्वन्दी महेश प्रसाद पन्तको २०५ मत आएको छ । सचिवमा पल्लवराज भट्टले २३३ मतका साथ जित हात पारेका छन् । उनका प्रतिद्वन्दी अशोक चन्दले २२६ मत ल्याए ।

उसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मतका साथ विजयी भएका छन् । उपसचिवका उम्मेदवार शेरबहादुर चन्दको १९७ मत आयो । कञ्चनपुरमा कुल ४७० मतदाता रहेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस