Namaste Icon

चार महिनामै दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्छ : युरोपेली स्वास्थ्य निकाय

चार महिनामै दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्छ : युरोपेली स्वास्थ्य निकाय

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप चार महिनामै बुस्टर डोजका रुपमा दिँदा रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्ने युरोपेली स्वास्थ्य निकायले जनाएको छ । छोटो समयको अन्तरमा धेरै बुस्टर डोज दिँदा मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली सङ्घ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हो ।

युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर मात्रै बुस्टर डोज दिन सम्बन्धित देशलाई अनुरोध गरेको समाचार संस्था एफपीमा उल्लेख गरिएकाे छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशले बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायत र इजरायलले दोस्रो पटक बुस्टर डोज दिने तयारी गरेका छन् । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोज दिनेबारेमा छलफल सुरु भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडाैं । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एक करोड खोप मौज्दात

एक करोड खोप मौज्दात

काठमाडाै‌ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८४० डोज खोप ल्याएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म दुई करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस