Namaste Icon

कम्युनिष्टसँगको सहकार्य तत्काल तोड्नु पर्दछ : शंकर भण्डारी

कम्युनिष्टसँगको सहकार्य तत्काल तोड्नु पर्दछ : शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कम्युनिष्टहरुसँगको सहकार्य तत्काल तोड्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को पदस्थापना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘कम्युनिष्टहरुलाई कांग्रेसले सँधै विश्वास गर्दै आएको भएपनि कांग्रेसले गर्दै आएको विश्वास माथि घात गर्ने काम कम्युनिष्टहरुबाट हुने गरेको छ ।’

कम्युनिष्टसँगको सहकार्य जति बढायो त्यति नै काग्रेसलाई घाँटा हुने भन्दै नेता भण्डारीले सहकार्य तत्काल तोड्नुपर्ने जिकिर गरे । मुलुक तीन तहको निर्वाचनको पूर्व सन्ध्यामा रहेको हुँदा आगामी निर्वाचमा एक्लैले बहुमत ल्याउनका लागि कांगेस आजै देखि तयारीमा जुट्नु पर्ने भण्डारीको भनाई थियो । खासगरी निर्वाचनका तयारीका लागि वडा तहसम्म कार्यक्रम लिएर जिल्ला कार्य समिति जानुपर्ने भण्डारीले बताए । पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रतिशोध आजै त्याग्नुुपर्ने समेत भण्डारीको भनाई थियो ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस