Namaste Icon

सर्‍यो राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन

सर्‍यो राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन

काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । सातै प्रदेशको सम्मेलन केही समय पछि सारिएको जनमोर्चाले जनाएको छ । जनमोर्चाले प्रदेश सम्मेलनको मिति आगामी माघको १५ र १६ गतेका लागि तय गरेको थियो । तर, कोरोनाको तेस्रो लहरका कारण फागुनमा सारिएको जनमोर्चाले जनाएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने निर्णय भएको जानकारी दिएका छन् । विज्ञप्तिमा कोरोनाको ओमिक्रोन भेरियन्टका साथै तयारीका लागि सम्मेलन सारिएको उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस