Namaste Icon

दार्चुलाकाे मालिकार्जुन प्रहरी चौकीमा सुरक्षाकर्मीबीच झडप

दार्चुलाकाे मालिकार्जुन प्रहरी चौकीमा सुरक्षाकर्मीबीच झडप

दार्चुला । मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीबीच झडप भएको छ । बुधबार बेलुकी ट्राफिक प्रहरी र नेपाल प्रहरीका कर्मचारीबीच झडप भएको हो । बुधबार साँझ करिब ७/८ बजेतिर मालिकार्जुन प्रहरी चौकीभित्रै सुरक्षाकर्मीबीच झडप भएको स्थानीयले बताएका छन् । प्रहरी चौकीमा झडप हुँदा एक जना प्रहरी कर्मचारीलाई सामान्य चोट लागेको छ । प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरीका कर्मचारी र प्रहरी हवल्दारबीच झडप भएको बताइएको छ ।

प्रहरी हवल्दार मदनसिंह धामीको हातमा चोट लागेको छ । मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दानबहादुर साउँदले पनि प्रहरी हवल्दार धामीलाई सामान्य चोट लागेको पुष्टि गरे । चौकीभित्र सामान्य झडप भएको र आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । झडपमा संलग्न सुरक्षाकर्मीलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर पुर्‍याइएको छ । 

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस