Namaste Icon

'महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्न शेरबहादुरजीलाई सहयोग गरेको हुँ’

'महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्न शेरबहादुरजीलाई सहयोग गरेको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् । उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि महाधिवेशन प्रतिनिधिहरु पुरानै नेतृत्वको पक्षमा देखिएपछि आफूले देउवालाई सघाएको प्रष्ट पारे ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले भने, ‘म शुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ । त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

 

कांग्रेसको १४ औं महाधिवेशनमा नेता सिंहले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा देउवा, पूर्व उपसभापति विमलेन्द्र निधि, नेता सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । देउवालाई बहुमत पाउन ८२ मत पुगेन ।

नेता सिंहले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई समर्थन गर्दा आफूविरुद्ध अर्काे पक्ष उत्रिएको बताए । नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने आफ्नो एजेण्डाका पक्षमा मत नआएकोमा उनले गुनासो गरे ।

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस