Namaste Icon

१७ वर्षपछि साउदीबाट पक्राउ

१७ वर्षपछि साउदीबाट पक्राउ

काठमाडौं । कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले फरार अभियुक्त उदयपुर बेलका नगरपालिका–६ का ४० वर्षीय गोबिन्द मगरलाई साउदी अरेबियाबाट पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार मगरलाई बुधबार मात्रै साउदीबाट नेपाल ल्याईएको हो । कर्तब्य ज्यान मुद्दामा फरार रहेका मगरले २०६१ साल मंसिर १३ गते मान बहादुर तामाङको हत्या गरेको आरोप छ ।

जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति प्राप्त भई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामार्फत ईन्टरपोल महासचिवालयबाट मगरको खोजी अन्तर्राष्ट्रियस्तरमा भएको थियो । खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ मगरविरुद्ध रेड नोटिस जारी भएको प्रहरी मुख्यालयले जनाएको छ । मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको जानकारी मुख्यालयले दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

२४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् ।

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

Ad

प्रतिक्रिया दिनुहोस