Namaste Icon

एमाले सुनसरी अध्यक्षमा ओली निकट रेवती भण्डारी निर्वाचित

एमाले सुनसरी अध्यक्षमा ओली निकट  रेवती भण्डारी निर्वाचित

विराटनगर । नेकपा (एमाले) सुनसरीको अध्यक्षमा रेवती भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निकटतम प्रतिद्वन्द्वी खेमराज पोख्रेललाई १०० भन्दा बढी मतले पराजित गरेका हुन् । भण्डारीले ९२० मत ल्याएका छन् भने पोख्रेलले ७७५ मत मात्र प्राप्त गरे । १८०५ मत खसेको निर्वाचनमा अध्यक्षका अर्का उमेदवार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले ८० मत मात्र प्राप्त गरे ।

१० बुँदे विवाद रहँदै आएको सुनसरीमा यो परिणामसँगै विवाद समाधान भएको अनुमान गरिएको छ । १० बुँदे पक्षधरको साझा उमेदवारका रूपमा उभिएका पोख्रेललाई केपी ओलीनिकट मानिएका भण्डारीले पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा बराहक्षेत्रका मेयर निलम खनालले निकटतम प्रतिद्वन्दी नन्दकुमार बस्नेतलाई पराजित गरेका छन् । सचिवमा पर्शुराम यादव, उपसचिवमा राम काेइराला, याेगराज खडका निर्वाचित भएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस