Namaste Icon

‘चपली हाइट–३’ आजबाट हलमा

‘चपली हाइट–३’ आजबाट हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ आजबाट प्रदर्शनमा आएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अगाडि करिब दुई वर्ष पहिला नै निर्माण गरिएको चलचित्र आजबाट रिलिज भएको हो ।

कोरोना महामारी पश्चात पहिलो पटक नेपाली चलचित्रले उच्च शोज पाएको छ । बलिउड र हलिउड चलचित्र पछि सर्दा ‘चपली हाइट–३’ले उच्च शोज पाएको हो ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायत कलाकारहरुको अभिनय रहेको छ । अर्जुन कुमारको लगानी रहेको चलचित्र क्राइम–थ्रिलर जानरामा निर्माण भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस