Namaste Icon

दक्षिण अफ्रिकाको राष्ट्रपति कार्यालय अगाडि गाँजा खेती गरेपछि....

दक्षिण अफ्रिकाको  राष्ट्रपति कार्यालय अगाडि गाँजा खेती गरेपछि....

जोहान्नेसबर्ग । दक्षिण अफ्रिकाको प्रिटोरियास्थित राष्ट्रपति कार्यालय नजिकै रहेको गाँजा बारीलाई प्रहरीले नष्ट गरेको छ । आदीवासी खोइसान समुदायका अभियन्ताहरूले लगाएको गाँजालाई प्रहरी नष्ट गरेको हो । तीन वर्षदेखि उनीहरू त्यहाँ शिविर खोलेर बसेका छन् । आफूलाई 'किङ खोइसान' भनिने उनीहरूको नाइकेलाई प्रहरीले घिसारेर लिएको थियो । तर, ती नाइकेले एउटा ठूलो गाँजाको बोटमा मुठ्ठी कसेर समाएका थिए । उनी चिच्याएर भन्दै थिए, 'प्रहरी... तिमीहरूले युद्ध सुरु गर्‍यौ । हामी त यहाँ शान्तिपुर्वक बसिरहेका थियौँ । अहिले पनि तिमीहरूकै लागि मात्र आत्मसमर्पण गरेका छौँ ।'

उनीसहित उनका केही सहकर्मी अभियन्तालाई अवैध गाँजा खेती गरेको र सार्वजनिक स्थानमा मास्क नलगाएको अभियोगमा थुनिएको छ ।खोइसान दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो आदीवासी समूह हो । तर, तिनीहरू आफूलाई अपहेलित र उत्पीडित ठान्दछन् । सन् २०१८ मा यस समूहले आफ्नो भाषालाई सरकारी मान्यता दिन माग राख्दै राष्ट्रपति कार्यालय सामुको नेल्सन मन्डेलाको विशाल सालिक नजिकको हरियो चौरमा शिविर खडा गरेको थियो ।

'किङ खोइसान'की पत्नी सिन्थियाले दक्षिण अफ्रिकाको आईओएल न्युज साइटलाई अन्तर्वार्ता दिने क्रममा भनेकी छन्, "यसरी हाम्रा मानिसहरू पक्राउ परेकोमा निकै दुख लागेको छ । राष्ट्रपति हामीसँग कुरा गर्न चाहँदैन । खोइसानहरू बस मान्यता चाहन्छन् । हामी चिकित्सकीय कारण जस्तै क्यान्सर र उच्च रक्तचापको उपचारका लागि गाँजा प्रयोग गर्दछौँ । हामी यी बोट पनि तरकारी बारीमा मात्र रोपेका छौँ ।" सन् २०१८ देखि दक्षिण अफ्रिकामा निजी स्थानमा पनि गाँजाको प्रयोगलाई अपराधमा गणना गरिएको थियो । बीबीसीबाट ।

Ad

सम्बन्धित समाचारहरु

सहारा मरुभूमिमा हिमपात

सहारा मरुभूमिमा हिमपात

काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस