Namaste Icon

निर्वाचन आयोगले १७ दललाई बोलायो

निर्वाचन आयोगले १७ दललाई बोलायो

काठमाडौं । निर्वाचन आयोगमा आज सर्वदलीय बैठक हुने भएको छ । आयोगको अगुवाइमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा उपस्थित १७ दलबीच छलफल हुन लागेको हो । दिउँसो ११ बजेका लागि तय सर्वदलीय बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन रहेको आयोगले जनाएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अवधि आगामी जेठ ५ मा सकिँदैछ । नेपालको संविधानमा स्थानीय तहको कार्यअवधि समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधान छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर वैशाखमा चुनाव मिति तोक्न सुझाव दिएका थिए । देउवाले अन्य दलसँग छलफल गरेर यसबारे निचोड दिने बताए पनि अहिलेसम्म निर्णय लिइसकेका छैनन् ।

Ad

सम्बन्धित समाचारहरु

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई शुभकामना

काठमाडौं । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस