Namaste Icon

भारतसँग रासायनिक मल खरिद सम्झौता हुँदै

भारतसँग रासायनिक मल खरिद सम्झौता हुँदै

काठमाडौं । भारतसँग जीटुजी (सरकार–सरकार)का माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सोसम्बन्धी सहमतिपत्रमा आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको जनाइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने मन्त्रालयको भनाइ छ।

नेपालले भारतसँग पाँच वर्षसम्म मल खरिद गर्ने भनि सम्झौता गर्न लागेको हो। सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गरिन्छ । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दै जाने सम्झौता हुन लागेको कृषि मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसानकाे  माग

काठमाडाैं । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले सरकारसंग विज्ञप्ति मार्फत जोडदार माग गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो। लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसंग जोडदार माग गरिएको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा रासायनिक मल खरिद सम्झौता हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा जी–टु–जीमार्फत मल खरिद सम्झौता हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जी–टु–जीमार्फत भारतसित मल खरिद सम्झौता गर्ने निर्णय गरेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस