Namaste Icon

आजबाट नियमित काममा फर्किए प्रधानमन्त्री देउवा

आजबाट नियमित काममा फर्किए प्रधानमन्त्री देउवा

काठमाडौं । एक हप्ताभित्र दोस्रो पटक कोभिड परीक्षण गराउँदा नेगेटिभ आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (आज)बाट नियमित काममा फर्किएका छन् । शुक्रबारलाई मन्त्रीपरिषद्को बैठक पनि बोलाइएको छ भने सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने अन्य कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम छ ।

गत शनिबारदेखि राजनीतिक भेटघाट, औपचारिक कार्यक्रमलाई स्थगित गर्दै आइसोलेसनमा बसेका देउवा आजबाट सबै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सर्वदलीय तथा सत्ता गठबन्धनका बैठकमा सँगै सहभागी हुनुभएका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरुमा कोभिडको लक्षण देखिएपछि प्रधानमन्त्री देउवाले गत शनिवारबाट प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारका सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बसेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई शुभकामना

काठमाडौं । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस