Namaste Icon

खेलाडी र क्लबले दबाब महसुस गरेको भए खेलहरू टिभीमा हेर्छु : अल्मुताइरी

खेलाडी र क्लबले दबाब महसुस गरेको भए खेलहरू टिभीमा  हेर्छु : अल्मुताइरी

काठमाडौं । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई कुनै प्रकारको दबाब नदिएको स्पष्ट पारेका छन् । सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३५ जना खेलाडीलाई मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो ।

लिगमा सहभागी टोलीका केही प्रशिक्षकहरूले उक्त बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूलाई अल्मुताइरीले दबाब दिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूलाई अल्मुताइरीले अगाडि अर्को खेल हुँदा खुट्टा जोगाएर खेल्नुलगायतको निर्देशन दिइनुले क्लबको प्रदर्शनमा फरक पर्नुका साथै खेलाडीमाथि अनावश्यक दबाब सिर्जना गरेको क्लबका प्रशिक्षकहरूको दाबी छ ।

तर, अल्मुताइरीले क्लबका प्रशिक्षकहरूको उक्त दाबीमाथि अनविज्ञता प्रकट गरेका छन् । 'कुनै पनि खेलाडीलाई नखेल भनेर मैले कहिल्यै भनिनँ र लिगका खेलहरूमा १०० प्रतिशत नदिनु पनि भनेको छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मलाई थाहा छ क्लबमा १०० प्रतिशत दिने खेलाडीले राष्ट्रिय टोलीमा उत्तिकै योगदान दिन सक्दैनन् ।'

उनले क्लब र लिग प्रतियोगिता फुटबल विकासको मुख्य कारक भएको स्मरण गराउँदै खेलाडीले अनआवश्यक दबाब महसुस गरेको भए जारी लिगको खेलहरूमा सहभागी नहुने बताएका छन् । 'यदि लिगका खेलहरूमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरूले दबाब महसुस गरेका छन् भने म सहभागी हुँदिन। खेलहरू टिभीमा हेर्छु,' उनले लेखेका छन्, 'लिगका सबै क्लब र खेलाडीहरूलाई शुभकामना ।'

Ad

सम्बन्धित समाचारहरु

रशिला महर्जन सातौं वरीयतामा

रशिला  महर्जन  सातौं वरीयतामा

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै सार्वजनिक गरेको विश्व बरियतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

राष्ट्रिय महिला लिग स्थगित

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ को कारण अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित गरिएको एन्फाले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस