Namaste Icon

बतासकाे चरित्र हत्या र मान मर्दन भयाे : उद्योग वाणिज्य महासंघ

बतासकाे चरित्र हत्या र मान मर्दन भयाे : उद्योग वाणिज्य महासंघ

काठमाडौं । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धी विवादमा आएको बतास अर्गनाइजेसनको बचाउमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) पनि अघि सरेको छ । शुक्रबार महासंघले बतास अर्गनाइजेनप्रति सञ्चार माध्यमबाट एकतर्फी रुपमा चरित्र हत्या र मान मर्दन भएको भन्दै विज्ञप्ति निकालेको हो । ‘नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहार, चरित्र हत्या र मान मर्दनप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले भनेको छ ।

सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको र सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएको महासंघको दाबी छ ।

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने भन्दै सञ्चारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु न्यायसंगत नभएको बताएको छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको अवस्थामा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेको गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने चिन्ता महासंघको छ ।

महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ ।’ व्यवसायीमाथि एकतर्फी रुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघले सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराएको छ ।

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस