Namaste Icon

पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने

पिपुल्स पावरले आईपीओ निष्कासन गर्ने

काठमाडाैं । पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३० कराेड ९९ लाख ७४ हजार रूपैयाँ बराबरकाे ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्कासन गर्न पाैष २७ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस