Namaste Icon

नोबेल मेडिकल कलेजका संचालक शर्मालाई कालोमोसो

नोबेल मेडिकल कलेजका संचालक शर्मालाई कालोमोसो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको एक प्रत्यक्षदर्शीले बताए ।

समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् भने अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छन् । उनको मेडिकल कलेजले चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघसहित ७ विद्यार्थी संगठन पीडित विद्यार्थीसँगै आन्दोलनमा छन् ।

Ad

सम्बन्धित समाचारहरु

२४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १५ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यसबारे जानकारी दिँदै मृतकको संख्या १५ जना थपिएसँगै कुल मृतकको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार २१९ जना निको भएका छन् ।

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काे हुन् एमालेलाई क्लिन स्वीपबाट जोगाउने शेर्पा ?

काठमाडौं । सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा राष्ट्रियसभाका १९ सिटका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनको ‘क्लीन स्वीप’ रोक्ने एक्ला उम्मेदवार बनेका छन् । नेकपा एमालेका उम्मेवार शेर्पा ४,७७० मतसहित अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उम्मेवारी दर्ता गर्दासम्म धेरैले उनको जितको कल्पना गरेका थिएनन् । गेल्जेन आफैं पनि भन्छन्, ‘राजनीति प्रतिस्पर्धा हो, एक भोट आए पनि लड्छु भन्ने थियो ।’ सम्भावना नै नभएका मान्छे पनि चुनावी प्रतिस्पर्धामा उत्रिने गरेको बताउँदै उनी भन्छन्, ‘तर म त प्रबल दाबेदार हुँ थिएँ नि, नतिजा मेरै पक्षमा आउँछ भन्ने पनि लागेको थियो ।’

Ad

प्रतिक्रिया दिनुहोस