Namaste Icon

नबिल बैंकको अध्यक्षमा पुनः उपेन्द्र पौडेल निर्वाचित

नबिल बैंकको अध्यक्षमा पुनः उपेन्द्र पौडेल निर्वाचित

काठमाडौं । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैंकको निर्वाचनसहितको साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षता निर्वाचित गरेको छ । पौडेल यसअघि पनि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेका थिए । पौडेल शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्तावित ३८ प्रतिशत लाभांश समेत पारित गरेको छ । बैंकले सेयरधनीहरूलाई नाफापछिको चुक्तापुँजीको ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यो २७ वटा वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा धेरै लाभांश हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सम्पतिमा १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पू“जी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई थप आधुनिकीकरण गर्दैै देशको व्यवसायिक गतिविधिहरुलाई गतिशीलता प्रदान गर्न र सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएको बताए । सो अवसरमा अध्यक्ष पौडेलले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा हरित वित्तपोषण, जलवायु परिवर्तन वित्तपोषणमा समेत थप लगानी गर्ने प्रतिवद्ध जाहेर गरे ।

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस