Namaste Icon

स्वस्तिमा खड्का अभिनित साउथ फिल्मको ट्रेलर सार्वजनिक (भिडियोसहित)

स्वस्तिमा खड्का अभिनित साउथ फिल्मको ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल फिल्म जगतकी अभिनेत्री स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा स्वस्तिमाको चर्चा चुलिएको थियो ।

ट्रेलरमा उनको इन्ट्री नृत्यबाट सुरु हुन्छ। फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ । काठमाडौंबाहेक पोखरा र लुक्लासमेतको दृश्य ट्रेलरमा हेर्न सकिन्छ । दक्षिण भारतीय फिल्मको कथावस्तु नेपालसम्म जोडिएकाले स्वस्तिमाले पनि फिल्ममा खेल्ने सौभाग्य पाएको हुनसक्ने बताइएको छ । राजिव सेट्टीद्वारा निर्देशित फिल्मको मिति भने सार्वजनिक गरिएको छैन ।

Ad

सम्बन्धित समाचारहरु

बैंकर सुरज नाम्बियारसँग  बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

काठमाडाैं । बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन् । उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन् । दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन् । कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । अर्जुन मौलीको प्रि-वेडिङ सेरेमोनीदेखि नै गोवामा छन् । मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो ।

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

ट्रेन्डिङमा स्वस्तिमाको आइटम डान्स

काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम गीत यति बेला युट्युबको ट्रेन्डिङ ३ मा आएको छ । स्वस्तिमाको अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’को आइटम गीत ट्रेन्डिङमा परेको हो । गएको शनिबार रिलिज भएको ‘रंग बिरंगी’ शीर्षकको आइटम गीत बुधबार ट्रेन्डिङ ३ मा आइसकेको छ । ट्रेन्डिङ ४ बाट ३ मा उक्लिएको गीतको भिडियोलाई १८ लाख ४९ हजार ३५० भन्दा बढीपटक हेरिइसकेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस