Namaste Icon

सेञ्चुरी क्यापिटलको सिइओमा रमेश कुमार श्रेष्ठ नियुक्त

सेञ्चुरी क्यापिटलको सिइओमा रमेश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

रमेशकुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

Ad

सम्बन्धित समाचारहरु

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।

Ad

प्रतिक्रिया दिनुहोस