Namaste Icon
Ad

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

अभिनेत्री इस्लामकाे निर्ममतापूर्वक हत्या, बोरामा भेटियो शव

काठमाडौं । केही दिनअघि बेपत्ता भएकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमु मृत अवस्थामा फेला परेकी छन् । उनको शव ढाकाको केरानीगञ्जस्थित पुल नजिकै बोरामा फेला परेको थियो । प्रहरी अनुसन्धानमा सो क्षेत्रका स्थानीयवासीले सोमबार कदमटोली क्षेत्रको अलिपुर पुल नजिकै अभिनेत्रीको शव देखेपछि प्रहरी चौकीमा खबर गरेका थिए ।

राइमाको निर्ममतापूर्वक हत्या गरिएको छ । अभिनेत्रीको शरीरमा धेरै चोटका निशान छन् । हत्यापछि आइतबार राईमा इस्लाम शिमुको शव बोरामा बाँधेर पुल नजिकै फालिएको थियो । एक शीर्ष प्रहरी अधिकारीले शवलाई पोस्टमार्टमको लागि सर सलिमुल्लाह मेडिकल कलेज अस्पताल (एसएसएमसीएच) पठाइएको र यस विषयमा अनुसन्धान भइरहेको बताए । शिमु बेपत्ता भएपछि उनका परिवारका सदस्यले आइतबार कालाबागन प्रहरी चौकीमा उजुरी दिएका थिए ।

प्रहरीले अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरी अभिनेत्रीका श्रीमान सखावत अलीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । अलीसँगै उनका चालकलाई पनि नियन्त्रणमा लिइएको छ ।

ढाका प्रहरीलाई दिएको आफ्नो आधिकारिक बयानमा अभिनेत्रीको हत्याको कारण पारिवारिक विवाद रहेको बताएका छन् । यसै क्रममा अब दिवंगत अभिनेत्रीका श्रीमानले हत्या गरेको स्वीकार गरेका छन् । ढाकाका वरिष्ठ न्यायिक मजिस्ट्रेट रबेया बेगमले मंगलबार शिमुका पति शाखावत अलीम नोबेल र उनीहरूका साथी एसएमवाई अब्दुल्लाह फरहादलाई सोधपुछका लागि हिरासतमा राखेका छन् ।

४५ वर्षीया अभिनेत्रीले सन् १९९८ मा फिल्म ‘बर्तमन’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनले २५ फिल्ममा अभिनय गरिसकेका छन् । उनी बंगलादेश चलचित्र कलाकार संघको सहयोगी सदस्य थिइन्। उनले चलचित्रका अलावा टीभी नाटकमा पनि अभिनय र निर्माण गरेका थिए ।

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस