१३ प्रहरी सम्पर्कविहीन बनेपछि प्रधान कार्यालयले जारी गर्यो सात दिने सूचना

काठमाडाैं । नेपाल प्रहरीका १३ प्रहरी सम्पर्कविहीन भएका छन् । दुईजना प्रहरी हबल्दार र ११ जना प्रहरी जवान सम्पर्कविहीन भएका हुन् । कार्यालयको सम्पर्कमा नआएका प्रहरीलाई सात दिनभित्रमा सम्पर्कमा आउने प्रहरी प्रधान कार्यालय नक्शालले आग्रह गरेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै गैरहाजिरी रहेका उनीहरूलाई स्पष्टिकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।
सम्पर्कमा नरहेकाहरूमा प्रहरी हबल्दारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा दरबन्दी भएका जाजरकोट नलगाड नगरपालिका–७ का दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा कार्यरत दार्चुलाको महाकाली नगरपालिका-१ का मंगल सिंह कुँवर छन् ।
सिंह १९ मंसिरदेखि र कुँवर ८ पुसदेखि कार्यालयको सम्पर्कमा छैनन् । त्यस्तै, प्रहरी जवान विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एसपी र दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् । उनीहरू सबैलाई आजको मितिबाट सात दिनभित्रमा पनि सम्पर्कमा नआए सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।
काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।