Namaste Icon
Ad

पराजित हुने डरले गठबन्धन सरकार चुनावबाट तर्सिरहेको छ : हिक्मत कार्की

पराजित हुने डरले गठबन्धन सरकार चुनावबाट तर्सिरहेको छ : हिक्मत कार्की

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले शेरबहादुर देउवा नेतृत्वको सरकार चुनावबाट तर्सिरहेको बताएका छन् । नेता कार्कीले गठबन्धनको सरकारका कारण देउवा झमेलामा परेकाले चुनाव गराउने कुरामा तर्सिरहेको बताएका हुन् । उनले भने, ‘गठबन्धनको सरकारका कारण नेपाली कांग्रेस पनि धराप परेको छ । देउवा घेराबन्दीमा छन् ।’ गठबन्धननै अपवित्र भएको बताउदै नेता कार्कीले ५ दलीय गठबन्धन एमालेसँग लजास्पद तरिकाले पराजित हुने बताए । उनले भने, ‘जनताले एमाले तथा केपी शर्मा ओलीको नेतृत्व चाहेका छन्, त्यसकारण पनि एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन ।’

देउवा नेतृत्वको गठबन्धन सरकार हार्ने डरले चुनाव गराउन डराएको उनको आरोप छ । उनले भने, ‘एमालेका अध्यक्ष राजनेता केपी शर्मा ओली चुनावको लागि सिंह जस्तो भएर बसेकोले देउवा नेतृत्वको सरकार डरयो ।’ प्रचण्ड र माधव नेपाल जस्ता जनाधार नभएका पार्टीको ईशारामा कांग्रेस चले कांग्रेसले ठूलो हार व्योहोर्न पर्ने उनले बताए । कम्युनिस्ट आन्दोलन, संघीय लोकतान्त्रिक व्यवस्था, संघीयता लगायत जनताका सरोकारका विषय हरूलाई एमालेले मात्र जोगाउन सक्ने उनले बताए ।

 

 

सम्बन्धित समाचारहरु

काठमाडौं पछिल्लो अपडेट : स्थापितभन्दा बालेन शाह ४५०१ मतले अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ९६०५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस