Namaste Icon
Ad

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

नेपालमा आजदेखि भिभोको भी२३ईकाे बिक्री शुरु, यस्ताे छ मुल्य

काठमाडाैं । भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई जनवरी १८ मा सार्वजनिक गरेको छ । सार्वजनिक भएयता नेपालीबजारमा उक्त स्मार्टफोन तथा त्यसमा भएको उत्कृष्ट फ्रन्ट क्यामरा फिचरका बारेमा चर्चा निकै चुलिएको छ । भिभोले उक्त स्मार्टफोन प्रि-बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि-बूक गरिएको बताएको छ ।

उपभोक्ताहरुलाई अद्वितीय अनुभव प्रदान गर्न भिभो भी२३ई एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि-स्टाइल पोर्ट्रेटसहितका थुप्रै पोर्ट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेशन सहित आएको छ । सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि-स्टाइल पोर्ट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान सावित भएको छ । यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियोका माध्यमबाट फोटो तथा भिडियो खिच्ने अनुभव (शूटिङ एक्सपिरियन्स) मा अझ सुधार ल्याउँछ ।

 

मूल्य रु. ४४,९९९ (८ जीबी र्याम/१२८ जीबी स्टोरेज)

४९, ९९९ (८ जीबी र्याम/२५६ जीबी स्टोरेज)

रातको समयमा फोटोतथा भिडियो खिच्न शौखिनहरुका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ । भी२३ई एक्स्टेन्डेड र्याम २.० प्रविधिसहित आएको छ, जसका कारण ८ जीबी र्यामबाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीबीलाई पनि र्यामका रुपमा प्रयोग गर्न सकिन्छ । यसले र्यामसँग सम्बन्धित चिन्ता हटाएर स्मार्टफोन चलाउँदा कुनै प्रकारको सुस्तताको अनुभव हुन दिँदैन ।

जम्मा ७.३६मिलिमिटर मोटाई रहेको भी२३ई एकदम पातलो र हलुका रहेको छ भने यसमा प्रयोग गरिएको एन्टि-ग्लेयर ग्लासले फोन चलाउँदा निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ। उपभोक्तालाई उत्कृष्ट प्राविधिक उन्नति तथा प्रयोगकर्ता-केन्द्रित इनोभेशन प्रदान गर्न यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ । आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उन्नत स्तरको अनुभव लिन सशक्त बनाउने भिभोको विरासतलाई निरन्तरता दिंदै यो डिभाइसमा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ जसले उपभोक्ताको सबै दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ ।

भिभो भी२३ई ले उत्कृष्ट सेल्फी फोटोग्राफी अनुभव प्रदान गर्ने तथा सेल्फीका पारखीहरुको आवश्यकता पूर्ति गर्ने भएकाले यसलाई नेपाली स्मार्टफोन बजारमा गेम-चेञ्जर डिभाइसका रुपमा लिन सकिन्छ । शक्तिशाली पर्फर्मेन्स तथा पातलो र स्टाइलिश डिजाइनयुक्त भिभो भी२३ईमा प्राविधिक उन्नति तथा फेशनेबल स्टाइलको सम्मिश्रण रहेकाले यसले दुवै क्षेत्रको उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
मूनलाइट श्याडो तथा सनशाइन कोस्ट गरी दुई रंग संयोजनमा उपलब्ध भी२३ई नेपालमा गत जनवरी १८ मा सार्वजनिक भएको थियो भने आजदेखि यो डिभाइस रु. ४४,९९९ (८ जीबी र्याम/१२८ जीबी स्टोरेज ) तथा रु. ४९, ९९९ (८ जीबी र्याम/२५६ जीबी स्टोरेज) मा खरिदका लागि उपलब्ध भएको छ ।

डिभाइसमा प्रयोग भएको रंग अनुसार तिनीहरको मोटाई केही तलमाथि हुने हुनाले एउटा रंगको डिभाइसको मोटाई अर्को रंगको डिभाइसको भन्दा फरक पर्न सक्ने कम्पनीले जनाएकाे छ । मूनलाइट श्याडो रंगको भी२३ई को मोटाई ७.३६ मिलिमिटर रहेको छ भने सनशाइन कोस्ट रंगयुक्त सेटको भने ७.४१ मिलिमिटर रहेको छ ।

सम्बन्धित समाचारहरु

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस