माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने

काठमाडाैं । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउने भएको छ । हाल बन्द रहेका देशका सबै विद्यालय खोप लगाउने प्रयोजनका लागि खुल्ने भएका छन् । माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
५ दिनको अवधिमा विद्यालयमा खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ । ‘स्थानीय तहसँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका कोही पनि नछुट्ने गरी उक्त अवधिभित्रै आफ्ना सबै खोप लगाउन’ मन्त्रालयले विद्यालयहरुलाई सूचित गरेकाे छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको हो ।
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।