Namaste Icon
Ad

मतदान गर्न जाँदै गरेका एमाले सांसदकाे गाडीलाई ट्रकले ठक्कर दियाे

मतदान गर्न जाँदै गरेका एमाले सांसदकाे गाडीलाई  ट्रकले ठक्कर दियाे

बुटवल । राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जाँदै गर्दा एमाले रुपन्देहीका सांसद तुलसी चौधरी दुर्घटनामा परेका छन् । बुधवार मतदानका लागि दाङ जाँदै गर्दा सांसद चौधरी सवार कारलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो ।

उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए । नेकपा एमालेबाट निर्वाचित सांसद चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी कालाकाटे नजिकै दुर्घटनामा परेको हो । सुदूरपश्चिम प्रदेश ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

सम्बन्धित समाचारहरु

एमालेलाई पराजित गर्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस