Namaste Icon
Ad

सिके राउतका कार्यकर्ता मतदान स्थल प्रवेश गर्न खोजेपछि झडप

सिके राउतका कार्यकर्ता मतदान स्थल प्रवेश गर्न खोजेपछि झडप

काठमाडौं । मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनकपुरधाममा मतदान स्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ । सिके राउतका कार्यकर्ता मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ । अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् ।

सम्बन्धित समाचारहरु

एमालेलाई पराजित गर्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस