Namaste Icon
Ad

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्धमा सुर्खेतमा अनेरास्ववियुको आन्दोलन

खगेन्द्र हमाल, सुर्खेत । अनेरास्ववियू मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन् । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै अनेरास्ववियुले आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाहीले बताए ।

उक्त बिरोध कार्यक्रम बोल्दै शाहीले सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र स्थानिय चुनावको मिति तोक्नु पर्ने बताए । सरकारले गरेका गलत निर्णयहरु फिर्ता नलिए अनेरास्ववियूले यो भन्दा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । मध्यपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीले टर्च लिएर सरकार खोज्न उठौँ भन्ने रचनात्मक बिरोध कार्यक्रमको सुरुवात गरेको शाहीले बताए ।


कार्यक्रममा सत्य शाही, मध्यपश्चिम विश्वविद्यालय ईन्चार्ज प्रेम खड्का, पदम सुवर्णकार, सरोज न्यौपाने आशिष् आचार्य लगाएतको उपस्थिति थियो।अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत कमिटिले कार्यक्रमको आयोजना गरेको थियो । मध्यपश्चिम विश्वविद्यालयबाट सुरु भएको आन्दोलन वीरेन्द्र चाेकमा गएर काेण सभामा परिणत भएको थियाे ।

सम्बन्धित समाचारहरु

एमालेलाई पराजित गर्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवलमा १५,१३१ मत गणनामा गर्दा कसकाे कति ?

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस उमेदवार खेलराज पाण्डेले मतान्तर बढाएका छन् । बुटवलमा १५ हजार बढी मत गणना हुँदा मेयर पदमा एमालेका बाबुराम भट्टराई भन्दा २७ सय बढी मतअन्तरले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस