स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१०० बजारमा, मुल्य कति ?

काठमाडौ । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोटले नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१००नेपालमा सार्वजनिक गरेको छ । सन् २००१ देखि यो कम्पनी दुई पाँग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीको उत्पादनको लागि प्रख्यात छ ।
सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेतापनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ । नाइनबटसँग रणनीतिक सहकार्य पछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो । आई हव प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवद्र्धन गर्ने उद्देश्य हेतुले आयात गरेको बताएका छन ।
विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० माघको तेस्रो हप्ता देखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने छ । आइ हवले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडलहरु पनि ल्याउने जिकिर गरेको छ । यस्को बजार मुल्य २ लाख ९१ हजार रहेको छ ।
काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।