Namaste Icon
Ad

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

विद्युतीय प्रणालीबाट भन्सार महसुल भुक्तानी

काठमाडौं । भन्सार महसुलको भुक्तानी अब विद्युतीय (इपेमेन्ट) प्रणालीबाट सुरु भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको भुक्तानी विद्युतीय (इपेमेन्ट) प्रणालीको सुरुवात हुन् । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने छन् । मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्नेे बताए । उनले ‘नयाँ युग’को सुरुवात भएको बताए । व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’ मन्त्री शर्माले भने,‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिएको बताए । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’ उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुनेमा जोड दिए ।


मन्त्री शर्माले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिवद्ध रहेको उल्लेख गरे । मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए ।


त्यसैगरी मन्त्री शर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउदै अर्थतन्त्र धराशायी नभएको दावी गरे । उनले कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए । अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्नुहुँदै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । उनले परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताए । जसकारण नयाँ पीँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको अध्यक्ष अग्रवालले बताए ।

 

सम्बन्धित समाचारहरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य (सुचिसहित)

काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।

प्रधानमन्त्री देउवाद्वारा  गौतमबुद्ध विमानस्थलको उद्घाटन

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

प्रतिक्रिया दिनुहोस