Namaste Icon
Ad

अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसानकाे माग

अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसानकाे  माग

काठमाडाैं । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधीसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले सरकारसंग विज्ञप्ति मार्फत जोडदार माग गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्की द्वारा जारी विज्ञप्तीमा भनिएको छ कोरोना कहरका विचमा नेपाली च्याउलाई विस्तापित गर्ने हेतुले आयात भैरहेको भारतीय अवैध च्याउ विषाक्त छ।च्याऊ एक ढुसी जन्य पोषण युक्त परिकार हो। लामो समय सम्म टिकाउन ढुवानी गर्दा उत्पादित वस्तु जोगाउन गार्हो हुने हुनाले वस्तु नसक्ने क्यामिकलहरू राखेर जहाँतहीँ ढुवानी गर्ने गरिन्छ। यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवन योग्य नहुने हुनाले विदेशी च्याऊ रोक्न विज्ञप्ति मार्फत सरोकारवाला सवैलाई ध्यानाकर्षण गराउँदै सरकारसंग जोडदार माग गरिएको हो ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीले भन्नुभयो विश्व वजारमा सवै दैनिक उपभोग्य वस्तुको मुल्य वृर्दी भैरहेको वेलामा च्याऊ आनुपातिक हिसावले वढेको छैन।हामीले घाटा फाईदाको सरोकार नरीखी अनगिन्ती कामदार कर्मचारीहरूलाई रोजगार दिएर उधोग टेकाउन चलाइरहेका छौँ । प्रयाप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ हाम्रो वजारमा मुल्य गिरावटको अवस्थामा चलिरहेको छ। हामी उत्पादन गर्छौं ।हामीले उत्पादन गरेका छौ । हाम्रै फसल वजारमा छ्यापछ्याप्ती भएर उचित मूल्य नपाईरहेको वेलामा हाम्रै वजारमा परको उत्पादन आऊछ भने त्यो विषाक्त उत्पादन हामी कदापी स्वीकार्न सक्दैनौँ ।सरकारलाई निर्विरोध आउने आयातित वस्तु रोक्ने वातावरण मिलाउन सहयोग पुर्याईदिनुहुन म कर्णाली प्रदेशीको च्याऊ किसानको एक प्रतिनिधि अध्यक्ष हुनुको हैसियतले हार्दिक अनुरोध गर्दछु साथै मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संघ तथा सम्पूर्ण च्याऊ किसानहरुको तर्फबाट जोडदार माग पनी गर्दछु ।

च्याऊ उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनाधिकृत रुपमा देश वाहिरवाट नेपाल भित्रीने च्याऊलाई निगरानी गर्न सरकारलाई हाम्रो केन्द्रीय संघको सर्कुलर नीति अनुसार ७ वटै प्रदेशका प्रदेश च्याऊ संघ तथा जिल्ला स्थित च्याऊ सघंहरूले सकरात्मक कुराको थालनी भन्दै ऐक्यबद्धता जनाईरहेका छन् । च्याऊ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्यालन्ट क्यावरेन्टाईन कार्यालय र भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्नेमा न्युन मुल्य राखि भन्सार नेपालमा आयात भैरहेको भन्दै जसको कारण नेपाली च्याउ उत्पापदक किसान मारामा परेको बताईएको छ ।

ज्ञापन पत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरिकन भारतबाट नेपालमा च्याउ भित्र्याइएको भन्दै च्याउ ढुसीजन्य वस्तु भएकाले भारतबाट नेपाल भित्रयाउन रोक लगाउनु पर्ने उल्लेख छ । नेपाली किसानको कच्चा पदार्थहरुको उपयोग भइरहेकोमा परालहरु डढाएर सकिने अवस्था रहेको भन्दै देशमा बेरोजगारीको समस्या थपिने तर्फ सरकारले विशेष ख्याल गर्नुपर्ने बताईएको छ ।

भारतीय च्याउको आयात रोक्न जरुरी रहेको भन्दै च्याउ संघले नेपाली च्याउ किसानका समस्या भेरै रहेको र समस्याको एकै पटकमा समाधान गर्न नभएकोले त्यसैले हाललाई एउटा मात्र महत्वपूर्ण माग भारतीय च्याउ कुनै पनि हालतमा रोक्नु पर्ने उल्लेख गरिएको छ । ‘सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानमा हामी च्याउ किसान पनि साथमा छौं । सरकारद्वारा अभिभावकत्व प्रदान गरी भारतको च्याउ नेपाल भित्रिन नदिन आवश्यक ऐन कानुन नीति निर्देशन लागु गरियोस् ।’ विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित समाचारहरु

सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन् । उनले भननिन्, ‘यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।’

भकान्जे विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुने ठाउँ

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका ५ भकान्जेका कृषकहरुले चिया खेतिमा चासो दिएका छन । भकान्जेका कृषकहरुले समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटरसम्म चिया खेति गर्दै आएका छन । यहाँका मानिसहरुको पछिल्लो समयमा जीविकोपार्जन गर्ने माध्यम चिया खेती बनेको छ । कृषकले उत्पादन गरेको चियाको मुना भकान्जे टीस्टेट नामक सँस्थाले खरिद गर्ने गर्दछ । भकान्जे टीस्टेटमा बल्याक टी, ग्रीन टी र गोल्डेन टी प्रशोधन गरेर बनाउने गरिन्छ । यस टीस्टेटमा उत्पादन गरिएको चिया डेनमार्क निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस