Namaste Icon
Ad

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् । उनले जारी गरेको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं पछिल्लो अपडेट : स्थापितभन्दा बालेन शाह ४५०१ मतले अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ९६०५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरामा १२,०९७ मत गणना हुँदा कसकाे कति ?

पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १२०९७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४८५८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस