Namaste Icon
Ad

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी बस दुर्घटनामा घाइते ८ जनाकाे परिचय खुल्यो (नामसहित)

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताए ।

घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन्। घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ।

महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडामा एकीकृत समाजवादीकी लामाको अग्रता कायमै

हेटौँडा । उपमहानगरपालिकाको मेयर पदमा गठवन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्मेद्वार मीना लामाको अग्रता कायम रहेको छ। हालसम्म गणना भएको १८५७० मतमा लामाले ५ हजार ८ सय ५० मत ल्याउँदै अग्रता कायम गरेकी हुन्।

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोटमा एकीकृत समाजवादी विजयी

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पुनले २२४ मतले एमालेका भिमबहादुर सेनलाईपछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस