Namaste Icon
Ad

१५ वर्षअघिको शिल्पाकाे त्याे चुम्बन प्रकरण

१५ वर्षअघिको शिल्पाकाे त्याे चुम्बन प्रकरण

मुम्बई । डेढ दशकअघि अभिनेत्री शिल्पा शेट्टीलाई सार्वजनिक कार्यक्रममा हलिउड कलाकार रिचर्ड गेरेले चुम्बन गरेपछि उनीहरू दुवैजना विवादितमात्र बनेन् अदालतमै मुद्दा नै दायर भएको थियो । अन्तत: १५ वर्षपछि मुम्बईको अदालतले सोही मुद्दाको छिनोफानो गरेको छ ।

हालै एक लाइभ ल रिपोर्टमा शिल्पालाई महानगरीय मजिस्ट्रेट केतकी चौभानले यस मुद्दामा राहत दिएको खुलासा गरेका छन्, 'अभियुक्त शिल्पा शेट्टी अभियुक्त नं. १ (रिचर्ड गेरे)द्वारा पीडित देखिन्छ । उजुरीमा कुनै पनि कथित अपराधको एक तत्व पनि सन्तुष्टत देखिएको छैन । यस मुद्दासँग सम्बन्धित प्रतिवेदन र कागजातहरू अध्ययन पश्चात मजिस्ट्रेटले गत हप्ता शिल्पा विरुद्धको आरोप ‘निराधार’ भएको र उनलाई अपराधबाट मुक्त गरेको जानकारी पेस गर्दछ ।'

सन् २००७ मा शिल्पा र रिचार्ड दुवैजना राजस्थानमा आयोजित एउटा प्रमोसनल कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रमका क्रममा स्टेजमा हुँदै रिचर्डले शिल्पाको अनुमतिविना उनलाई समाएर गालामा चुम्बन गरेका थिए । उक्त घटना यति विवादास्पद बन्यो । उनीहरू दुवैविरुद्ध राजस्थान र उत्तर प्रदेशमा तीनवटा मुद्दा दर्ता भयो । शिल्पा र रिचर्डमाथि ‘अश्लीलता र अभद्रता’ को आरोप लागेको थियो ।

रिपोर्टअनुसार शिल्पाविरुद्ध भारतीय दण्ड संहिताको धारा २९२ (अश्लील पुस्तकको बिक्री), २९३ (अश्लील वस्तुको बिक्री) र २९४ (अश्लील कार्य र गीत) अन्तर्गत मुद्दा दायर गरिएको थियो । उनीमाथि सूचना प्रविधि ऐन र महिलाको अशोभनीय प्रतिनिधित्व (निषेध) ऐनको सम्बन्धित धारामा पनि मुद्दा लगाइएको थियो ।

सम्बन्धित समाचारहरु

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस