Namaste Icon
Ad

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

बालाजुमा ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए ।

चालक राजवंशीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु

यी स्थानमा आज पानी पर्ने सम्भावना

यी स्थानमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

युवा नेता रामप्रसाद रिजालको पहलमा आर्थिक अभावमा रहेका भण्डारीको निशुल्क उपचार

सुनसरी । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आर्थिक अभावले उपचार नपाएका एकजनाको निशुल्क उपचार गर्न पहल गरेका छन् । सुनसरी जिल्ला ईटहरी २० तरहरा निवासी ५५ बर्षिय कृष्णबहादुर भण्डारी आर्थिक अभावको कारणले उपचार सेवा नपाएर घरमै पीडाले छटपटी रहेका थिए । कृष्णबहादुर भण्डारीको विषयमा थाहा पाएपछि नेता रिजालको पहलमा धरानको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस