Namaste Icon
Ad

अनुमतिबिना फोटो-भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने

अनुमतिबिना फोटो-भिडियो सामाजिक सञ्जालमा हाले कारबाही हुने

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमति बिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति/अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।

सम्बन्धित समाचारहरु

२३५ स्थानीय तहमध्ये कसले कति जिते ?

२३५ स्थानीय तहमध्ये कसले कति जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०८, नेकपा एमालेले ६३, नेकपा माओवादी केन्द्रले ५१, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् ।

यस्ताे छ, १७९ स्थानीय तहको मत परिणाम (सूचीसहित)

यस्ताे छ, १७९ स्थानीय तहको मत परिणाम (सूचीसहित)

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे सात बजेसम्म १ सय ७९ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।

प्रतिक्रिया दिनुहोस