# भर्खरै
Namaste Icon
Ad

अमेरिकामा बस्ने नेपालीले आज मनाउँदै दशैं

अमेरिकामा बस्ने नेपालीले  आज मनाउँदै दशैं

न्युयोर्क । अमेरिकामा नेपालीहरुले आज दशैं मनाउँदै छन् । कतिपय नेपालीहरुले भने अमेरिकामा हिजै दशैं मनाएका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले अमेरिकामा टिकाको साइत नेपालमा टिका लगाउनुभन्दा अगाडि नै तय गरेकाले कतिपयले अमेरिकामा हिजै दशैं मनाएका हुन् ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले न्युयोर्कमा टिकाको शुभ साइत नेपालमा टिका लगाउनुभन्दा अगाडि नै स्थानीय समय अनुशार अक्टोबर ४ विहान ११ बजेर ११ मिनेटमा तय गरेको थियो ।

अमेरिकामा फरक फरक टाइम जोन अनुशार टिकाको साइत पनि फरक फरक रहेको थियो । अमेरिकाको केन्टकीमा टिकाको साइत स्थानीय समय अनुशार विहान ११ बजेर ५५ मिनेटमा रहेको थियो भने टेक्सासमा ११ बजेर ३५ मिनेटमा रहेको थियो ।

क्यालिफोर्नियामा भने टिकाको साइत ११ बजेर ४५ मिनेटमा रहेको थियो । क्यानडामा स्थानीय समय अनुशार ११ बजेर ३९ मिनेटमा टिकाको शुभसाइत रहेको थियो ।

विजयादशमीको दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने र टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने विश्वास छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।


विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

सम्बन्धित समाचारहरु

स्वस्थानी मेलाभर साँखुदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

काठमाडौँ । शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो ।

प्रचण्ड सरकारद्वारा राप्रपाकाे एजेन्डा अनुमाेदन, पृथ्वी जयन्तीकाे दिन सार्वजनिक विदा दिइने

काठमाडौं । नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सरकारले सार्वजनिक विदा दिने भएकाे छ । सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पाैडेलले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिइने जानकारी दिए । सत्ता साझेदार दल राप्रपाले उठाएकाे एजेन्डा सरकारले अनुमाेदन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस

Ad